वस्तु विनिमय सञ्चालन गर्ने, आरसिडेक्सद्धारा बोर्डमा आशयपत्र पेश

<p>काठमाडौं । राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज (आरसिडेक्स)ले नेपालमा वस्तु विनिमय बजार सञ्चालनका लागि आशयपत्र पेश गरेको छ । एक्सचेञ्जले आइतवार नेपाल धितोपत्र बोर्डमा आशयपत्र (एलओआई) पेश गरेको हो । मुलुकको संसद्ले वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४ निर्माण गरेको र बोर्डले त्यसअनुरुप वस्तु विनिमय बजारसम्बन्धी नियमावली २०७४ बनाएकोमा त्यसलाई स्वागत गर्दै एक्सचेञ्ज सञ्चालनका लागि आशयपत्र [&hellip;]</p>

काठमाडौं । राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज (आरसिडेक्स)ले नेपालमा वस्तु विनिमय बजार सञ्चालनका लागि आशयपत्र पेश गरेको छ । एक्सचेञ्जले आइतवार नेपाल धितोपत्र बोर्डमा आशयपत्र (एलओआई) पेश गरेको हो ।

मुलुकको संसद्ले वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४ निर्माण गरेको र बोर्डले त्यसअनुरुप वस्तु विनिमय बजारसम्बन्धी नियमावली २०७४ बनाएकोमा त्यसलाई स्वागत गर्दै एक्सचेञ्ज सञ्चालनका लागि आशयपत्र पेश गरिएको हो ।

५९ जना नेपाली लगानीकर्ताको लगानीमा एक्सचेञ्ज सञ्चालन गर्ने गरी आशयपत्र पेश गरिएको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐनको दफा १० मा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पूँजी न्यूनतम ५० करोड रुपैयाँ तोकिएकोमा राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज (आरसिडेक्स))ले शुरुमा ५५ करोड रुपैयाँ चुक्ता पूँजीमा बजार सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

आरसिडेक्सले नेपाली कृषि वस्तुलाई फ्युचर मार्केटसँग आबद्ध गराउने मूल उद्देश्यसहित वस्तुबजार सञ्चालनको पहल गरेको छ । मुलुकमा कृषिको व्यवसायीकरण गर्दै कृषि क्रान्ति गर्न स्वदेश कृषि उत्पादनलाई वस्तु विनिमय बजारसँग जोड्नु आवश्यक रहेको आरसिडेक्सले जनाएको छ ।

आरसिडेक्सका बारेमा

राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज (आरसिडेक्स) सन् २०१० देखि वस्तु विनिमय बजारमा काम गरिरहेको छ । नेपालमा वस्तु विनिमय बजारको शुुरुआत गर्ने अग्रणी लगानीकर्ताले आरसिडेक्स स्थापना गरेका हुन् । बोर्डले वस्तु बजारमा नयाँ ऐन ल्याएको सन्दर्भमा सो ऐनको अधिनमा रही वस्तु बजारमार्फत नेपाली वस्तुको प्रवद्र्धन गर्दै वस्तु बजार सञ्चालन गर्ने योजनामा आरसिडेक्स रहेको छ ।

Share News