नरेन्द्र मोदीलाई काठमाडौंमैँ पनि नागरिक अभिनन्दन !

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गर्ने भएको हो । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको मोदीको भ्रमण तालिकमा उनलाई काठमाडौं महानगरपालिका र जनकपुर उप महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने उल्लेख गरिएको छ । नेपालमाथी आर्थिक नाका बन्दी लगाएर नेपालीलाई दाउरे युग भोग्न बाध्य [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गर्ने भएको हो । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको मोदीको भ्रमण तालिकमा उनलाई काठमाडौं महानगरपालिका र जनकपुर उप महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने उल्लेख गरिएको छ ।

नेपालमाथी आर्थिक नाका बन्दी लगाएर नेपालीलाई दाउरे युग भोग्न बाध्य बनाएका मोदीलाई नागरिक अभिनन्दन गर्ने सरकारको योजनामाथी चौतर्फी आलोचना भैरहेको छ । सुरुमा जनकपुरमा मात्रै नागरिक अभिनन्दन गर्ने कार्यक्रम सार्वजनिक भएको थियो तर भ्रमण तालिका सार्वजनिक हुँदा भने काठमाडौंमै नागरिक अभिनन्दन गर्ने खुलासा भएको हो ।

मोदीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी ओली तथा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । ९०० मेगवाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको ओली र मोदीले संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
ओलीले मुक्तिनाथ तथा जनकपुरको जानकी मन्दिरमा बिशेष पुजा गर्नेछन् ।

Share News