
काठमाडौं । शनिबारदेखि यात्रुलाई असुविधा हुन नदिन सरकारले बैकल्पिक व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागमा दर्ता भएका कम्पनीका बस, पर्यटक, सरकारी, सेना, प्रहरी र स्कुलका बस चलाउने तयारी भएको छ ।
अहिले निजी कम्पनी र पर्यटक बस सञ्चालन भइरहेको र आवश्यक परेमा सरकारी, प्रहरी, सेना र स्कुलका बस सञ्चालनमा ल्याइने विभागका सुचना अधिकृत तुलसीप्रसाद अर्यालले बताए ।
विभागले ३ वटा विकल्प सोचेको उनले जानकारी दिए । ३ वटा विल्कप रहेको पहिलो विकल्प विभागमा दर्ता भएका कम्पनीका बस दोस्रा सरकारी निकायका बस र सार्वजनिक सवारीको व्यवस्था गरेर यात्रुलाई सुविधा दिने भएको छ ।