काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सहित अन्य व्यक्तिहरु प्रहरी हिरासतमा पुगेका छन् ।

उनीहरु विरुद्ध अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारबाहि प्रक्रिया अघि बढेको छ । गृहमन्त्रालयले व्यवसायीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र समेत काटिसकेको छ ।
उता यातायात व्यवस्था विभागले ग्यारेजमा रहेका सबै सवारीहरुको रुट परमिट खारेज गर्न बैंठक सुरु भएको छ । देशभरबाट यातायात सञ्चालन नगर्ने व्यवसायीहरुको तथ्यांक संकलन भैसकेको विभागका सूचना अधिककृत तुलसीराम अर्यालले जानकारी दिए ।
“हामीले तथ्याङक संकलन गरिसकेका छौं, अब बैठक बसी कहाँबाट रुट परमिट खारेज गर्ने भन्ने बारेमा निर्णय लिन्छौं,”अधिकृत अर्यालले विकासन्युजसँग भने ।
विभागले सबैभन्दा धेरै समस्या रहेको क्षेत्रबाट रुट परमिट खारेज गर्ने तयारी गरेको छ ।