काठमाडौं । लामो समयको अनुसन्धान पछि साढे ३३ किलो सुन तस्करीमा सहभागी भएको आरोपमा ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको छ ।

तस्करीमा पक्राउ परेका प्रहरी अधिकारी, विमानस्सथलका कर्मचारी र फरार समेतलाई आधारमानी मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता हुनेहरुमा प्रहरीतर्फ दिवेश लोहानी, गोविन्द निरौला, विकासराज खनाल, प्रजित केसी, सञ्जय राउत, बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ ।
यसैगरी विमानस्थलका कर्मचारीहरुमा राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
यसैगरी मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ ।
सुन तस्करका प्रमुख नाइके मानिएको चुडामणि उप्रेतीलाई फरार मानेर मुद्दा दर्ता गरिएको छ ।