अर्थमन्त्रालयले दिएन सडक विस्तारको एक अर्ब २६ करोड, प्रधानमन्त्री कार्यालयको निर्देशन पनि अटेर

<p>काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तारमा अर्थमन्त्रालयले नै असहयोग गरेको छ । उपत्यकामा सडक विस्तारको जिम्मेवारी पाएको काठमाडौं उपत्यका विकास प्राधिकरणलाई श्रोत सुनिश्चिता गरिएको एक अर्ब २६ करोड रुपैंयाँ उपलब्ध गराउन अर्थमन्त्रालयले अटेर गरेको छ । अर्थ मन्त्रालयले रकम निकासा नगर्दा उपत्यकामा सडक विस्तारको काम रोकिएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए । [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तारमा अर्थमन्त्रालयले नै असहयोग गरेको छ । उपत्यकामा सडक विस्तारको जिम्मेवारी पाएको काठमाडौं उपत्यका विकास प्राधिकरणलाई श्रोत सुनिश्चिता गरिएको एक अर्ब २६ करोड रुपैंयाँ उपलब्ध गराउन अर्थमन्त्रालयले अटेर गरेको छ ।

अर्थ मन्त्रालयले रकम निकासा नगर्दा उपत्यकामा सडक विस्तारको काम रोकिएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए । ‘तत्कालिन अर्थमन्त्रीले श्रोत सुनिश्चितता गरिदिएपछि सडक विस्तारको काम अघि बढाएका थियौं, तर अहिलेसम्म एक अर्ब २६ करोडमध्ये एक रुपैैंयाँ पनि पाएका छैनौं’, प्राधिकरणका विकास आयुक्त तिवारीले भने ।

२०७४ कात्तिक १४ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ७५ करोड ५६ लाख ८८ हजार रुपैंयाँको श्रोत सुनिश्चिता गरेका थिए । त्यस्तै, कात्तिक ३० गते नै कार्कीले थप ४१ करोड २४ लाख १९ हजार ८ सय ५३ रुपैंयाँको श्रोत सुनिश्चिता गरिदिएका थिए । अर्थमन्त्रालयले केहि दिन अघि ८ करोड रुपैंया रकमान्तर गरेर उपलब्ध गराउने निर्णय गरेको भएपनि बजेट महाशाखाले अझै निकासा नगरेको गुनासो पनि तिवारीले पोखे ।

प्रधानमन्त्री कार्यालयले डाकेको बैठकमा तत्कालिन अर्थ सचिव शंकर कोइरालाले ५० लाख जनसंख्या भएको उपत्यकाको सडक विस्तारमा श्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री कार्यालयमै उपस्थित भएर अर्थ सचिवले श्रोतको अभाव नहुन नदिने प्रतिवद्धता गरेको डेढ महिना बितिसक्दा पनि प्राधिकरणले एक रुपैंयाँ पनि पाएका छैन् । ‘हामीले काम गरिसकेको ठाउँमा पनि भुक्तानी दिन पाएका छैनौं, कतिपय ठाउँमा नागरिकले घर भत्काउन सहमति दिएका छन्, हामीले चिनो लगाएर छाडेका छौं तर क्षतिपुर्ति दिने पैसा छैन्, अर्थमन्त्रालयले पैसा दिएन’, तिवारीले गुनासो पोखे ।

यी हुन डोजर चल्ने सडक
प्राधिकरणले चावहिल जोरपाटी साँखु सडक, त्रिपुरेश्वर कलंकी कोटेश्वर सडक, सातदोबाटो धोलाहिटी सडक, सातदोबाटो लगनखेल सडक, भक्तपुर सुर्य बिनायक सडकको विस्तार कार्य तत्काल अघि बढाउने जनाएको छ । ती सडक खण्डमा अदालतको अवरोध नभएको र यस अघि भत्काउन बाँकी संरचनाहरु भत्काइनेछ । ‘स्थानीय बासिन्दाले नै हामीलाई पैसा चाहियो भनिरहेका छन्, हामीसँग पैसा नभएर नदिएका हौं’, तिवारीले भने ।

Share News