नेपाल चेम्बर र कतार चेम्बरबीच कतारमा सम्झौता

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् । दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिवृद्धि हुने विश्वास गरिएको छ । दुई देशबीचको व्यापार अभिवृद्धिमा [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् ।

दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिवृद्धि हुने विश्वास गरिएको छ । दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास चेम्बरले लिएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताइएको छ ।

Share News