काठमाडौं । औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् ।
मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भनि सेवाग्राहीसँग ५० हजार लिने क्रममा भट्टराई पक्राउ परेका हुन् ।
अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारले उनलाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।
उनीमाथी थप अनुसन्धान भैरहेको आयगले जनाएको छ ।