सिण्डिकेटधारी यातायात व्यवसायीको सम्पति सुद्धिकरण गर्ने मन्त्रीको चेतावनी, ट्याक्सीको सिण्डिकेट पनि तोडिने

<p>काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले सिण्डिकेटधारी यातायात व्यवसायीको सम्पति सुद्धिकरण गर्ने चेतावनी दिएका छन् । सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा आन्दोलन गरिरहेका व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्ने चेतावनी उनले दिएका हुन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मान्त्री महासेठले सिण्डिकेट खारेजीको निर्णयबाट पछि नहट्ने स्पष्ट पार्दै अब ट्याक्सीको सिण्डिकेट पनि [&hellip;]</p>

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले सिण्डिकेटधारी यातायात व्यवसायीको सम्पति सुद्धिकरण गर्ने चेतावनी दिएका छन् । सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा आन्दोलन गरिरहेका व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्ने चेतावनी उनले दिएका हुन् ।

सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मान्त्री महासेठले सिण्डिकेट खारेजीको निर्णयबाट पछि नहट्ने स्पष्ट पार्दै अब ट्याक्सीको सिण्डिकेट पनि अन्त्य हुने बताएका हुन् ।
उनले अघि भने,‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरुलाई छानबिनको दायरामा ल्याएर छाड्छौं, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौं ।’
उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिईरहेका बस व्यवसायीहरुको सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौं ।’
सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको थियो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं ।’, मन्त्री महासेठले भने ।

भिडियो

 

Share News