गाई पाल्न ऋण मिलाइदिए वापत ५० हजार लिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक जगदिश काफ्ले पक्राउ

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बर्दिवासमा कार्यरत सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले भ्रष्ट्राचार अभियोगमा पक्राउ गरेको छ । युवा स्वरोजगार कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गार्इ पालनको लागि सरकारी ऋण उपलब्ध गरार्इ दिए वापत सेवाग्राहीसँग पचास हजार घुस लिने क्रममा काफ्ले पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिइ गएको टोलीले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बर्दिवासमा कार्यरत सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले भ्रष्ट्राचार अभियोगमा पक्राउ गरेको छ ।

युवा स्वरोजगार कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गार्इ पालनको लागि सरकारी ऋण उपलब्ध गरार्इ दिए वापत सेवाग्राहीसँग पचास हजार घुस लिने क्रममा काफ्ले पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिइ गएको टोलीले निजलाई पचास हजार घुस वापतको रकम लिईसकेको अवस्थामा बैंकको कार्यालय परिसर भित्रैबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

काफ्लेमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share News