त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध

<p>काठमाडौं । उड्ने क्रममा मलिण्डो एयरको हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान खुलाउने प्रयास भइरहेको बीबीसीलाई बताए। उनले भने, आन्तरिक उडानहरू खुलाइसकेका छौँ, अन्तर्राष्ट्रिय उडान तीन घण्टाभित्र खुलाउने गरी हामीले प्रयास गरिरहेका छौँ क्षेत्रका अनुसार क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति [&hellip;]</p>

काठमाडौं । उड्ने क्रममा मलिण्डो एयरको हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान खुलाउने प्रयास भइरहेको बीबीसीलाई बताए।

उनले भने, आन्तरिक उडानहरू खुलाइसकेका छौँ, अन्तर्राष्ट्रिय उडान तीन घण्टाभित्र खुलाउने गरी हामीले प्रयास गरिरहेका छौँ

क्षेत्रका अनुसार क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति साढे १० बजेतिर धावनमार्गमा चिप्लिएको थियो।

Share News