
काठमाडौं । सरकारले यातायात व्यवसायीको सिण्डिकेट तोड्न कडा रुपमा प्रस्तुत भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रसग सम्बन्धित संघ संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णय गरेको हो।
संघ संस्था ऐन, २०३४ अनुसार दर्ता हृदै आएकामा अब त्यो व्यवस्था रोकिएको छ । त्यस्ता संघ संस्थाले कम्पनी रजिस्टारको कार्यालय वा सम्बन्धित मन्त्रालयबाट दर्ता अनुमति लिनुपर्ने छ ।
सिण्डिकेट पक्षधर व्यवसायीले यातायात बन्दको चेतावनी दिएपछि सरकार अझ कडा रुपमा प्रस्तुत भएको हो । यातायात बन्द गर्ने व्यवसायीको सवारी सञ्चालन इजजतपत्र पनि खारेज हुने भएको छ । अब समितिका नाममा यातायात सञ्चालन गर्न नपाइने भएको छ । यातायात बन्द गरे कडा कार्वाही गर्ने चेतावनी सरकारले दिएको छ ।