विदेशीएका नेपालीलाई स्वदेशमै रोजगार दिन निजी क्षेत्रलाई राष्ट्रपतिको सुझाव

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारीको प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रपति भवन सितल निवासमा भेटवार्ता गरेको छ । भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत सहभागी रहेको जनाइएको [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारीको प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रपति भवन सितल निवासमा भेटवार्ता गरेको छ ।


भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत सहभागी रहेको जनाइएको छ ।

उक्त अवसरमा महासंघकातर्फबाट राष्ट्रपति समक्ष नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकको समृद्धिका लागि सरकार निजी क्षेत्रबीच सहकार्य, लगानी आकर्षण, उर्जा विकास, स्वदेशी उद्योगको प्रवद्र्धन, महासंघले हालै सम्पन्न गरेको प्रादेशिक आर्थिक बहस, भावी कार्यक्रम लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले आर्थिक विकासका लागि निजी क्षेत्र, उद्योग वाणिज्य क्षेत्र विज्ञ समुह, सरकार,  निजी क्षेत्र एक जुट भएर मुलुकको आर्थिक विकासमा लाग्नु पर्नेमा जोड दिएका थिइन् । आम नेपाली जनताको स्तरीय जीवनयापन बनाउने स्वाबलम्वी अर्थतन्त्र विकासतर्फ केन्द्रीत हुनुपर्ने निजी क्षेत्रलाई उनकाे सुझाव छ ।

त्यस्तै मुलुकभित्र पर्याप्त रोजगारीका अवसरहरू सृजना हुने उद्योग व्यवसाय सञ्चालन गरी रोजगारीका लागि विदेशीएका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन समेत निजी क्षेत्रलाई उनको सुझाव छ ।

Share News