बौद्ध महास्तुपा पुनः निर्माणमा १६ किलो सुन गायब, छानविन गर्न माग

<p>काठमाडौं । ०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महास्तुपाको पुनः निर्माणका क्रममा १६ किलो गायव गरिएको खुलेको छ । बौद्धनाथको पुनःनिर्माणका क्रममा ३१ किलो सुन खपत भएको खर्च देखाएपछि महालेखा परीक्षकको कार्यालयले पुरातत्व विभागको नियम भन्दा १६ किलो बढी सुन प्रयोग भएको देखिएकाले गायव गरिएको विश्लेषण गर्दै सरकारलाई छानविन गर्न निर्देशन दिएको हो [&hellip;]</p>

काठमाडौं । ०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महास्तुपाको पुनः निर्माणका क्रममा १६ किलो गायव गरिएको खुलेको छ । बौद्धनाथको पुनःनिर्माणका क्रममा ३१ किलो सुन खपत भएको खर्च देखाएपछि महालेखा परीक्षकको कार्यालयले पुरातत्व विभागको नियम भन्दा १६ किलो बढी सुन प्रयोग भएको देखिएकाले गायव गरिएको विश्लेषण गर्दै सरकारलाई छानविन गर्न निर्देशन दिएको हो ।

विभागको नियम अनुसार दर विश्लेषण गर्दा प्रति वर्गफिट एक चौथाइ (१/४) तोला सुन १६ हजार ४५८.६४ का दरले ८ करोड २२ लाख ९२ हजार मूल्यको १४ किलो ५८० ग्राम मात्र खपत मात्र हुनुपर्नेमा ३१ किलो खपत देखाएको महालेखाले जनाएको छ । बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य ८करोड ८८ लाख ८ हजार बढी गरिएको भनिएको मनासिब नदेखिएको ठहर गर्दै महालेखाले यसमा छानबिन अघि बढाउन सुझाएको हो ।

समितिले स्वीकृत गरेको लागत अनुमानमा सुन प्रयोग सम्बन्धमा आधार खुलाएको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कार्य सम्पन्न प्रतिवेदनमा सुन प्रयोगसम्बन्धी कार्य ४ हजार ९९९ वर्ग फिटमा गरी ३३ हजार ५३३ को दरले ३१ किलोग्राम सुन प्रयोग गरेको भनी १६ करोड ७६ लाख ६५ हजार खर्च भएको उल्लेख छ ।

बौद्ध महास्तुप पुनः निर्माण गर्न १२ करोड ४६ लाख ७ हजारको लागत अनुमान स्वीकृत भएकोमा समितिका दुई सदस्य र एक कर्मचारीमार्फत अमानतबाट काम गराई २१ करोड ९८लाख ४८ हजार अर्थात ७६.४३ प्रतिशत बढीमा काम सम्पन्न गराइएको छ । यस्तै महास्तुपको हर्मिका, त्रयोदश भूवन,छत्रको सेट तथा गजुरको सम्पूर्ण भागमा मोलम्ब लगाउने काम गर्न पहिचान नखुल्ने चीनको एक संस्थाले आफ्नै खर्चमा गर्न अनुरोध गरेकोले २०७३ असोजसम्ममा काम सम्पन्न हुने गरी त्यस संस्थाका प्रतिनिधिसँग २०७२ माघ १० मा सम्झौता गरेको देखिन्छ । सम्झौतापश्चात् विभिन्न व्यक्ति र संस्थाले समितिमा छुट्टै उपलब्ध गराएको ४८ तोला ८९ लालसमेत कुल ३१ किलोग्राम सुन खर्च भएको जनाएको छ ।

चिनियादातासँग भएको सम्झौतामा कुनै श्रद्धालुले अर्पण गरेको सुन मोलम्ब लगाउन प्रयोग गर्नुपर्ने उल्लेख भएकोले छुट्टै प्राप्त भएको सुनसमेत सोही कार्यमा प्रयोग गरेको समितिको भनाई रहे पनि दाता र श्रद्धालुले दिएको स्पष्ट अभिलेख तयार नगरेकोले खर्च परिमाण यकिन गर्न नसकिएको महालेखाले जनाएको छ । भूकम्पले क्षति पु¥याउनु अघि महास्तुपको हर्मिका, त्रयोदश भूवन, छत्रको सम्पूर्ण सेटमा जडित सुनको मोलम्ब पुनः प्रयोगमा ल्याएको छैन ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ अनुसार बोलपत्रको माध्यमबाट गराउनु पर्ने कार्य नियम विपरीत अमानतबाट गराएको र खर्चको बिल भरपाई र डोर हाजिरी फाराम परीक्षण गर्दा जिल्ला दरअनुसार ज्याला भुक्तानी दिएपछि पुनः खाजा खुवाएको भनी थप खर्च दाबी गरेको, सुरु लागत

अनुमानको तुलनामा ७६.४३ प्रतिशत बढी खर्च गरे पनि थपकाम (भेरिएसन) स्वीकृत नभएको तथा सुनको प्रयोगसम्बन्धमा यथार्थ हिसाब नदेखाएकोले पुनर्निर्माणमा भएको खर्च सम्बन्धमा विश्वस्त हुन नसकिएको महालेखाको ठहर छ । आर्थिककार्यविधि नियमावली, २०६४ को नियम २७(१) मा कुनै विदेशीदाताबाट जिन्सी सहयोग प्राप्त गर्दा राष्ट्रिययोजना आयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेमा सो कार्यसमेत नगरेको पाइएको छ ।

पुरातात्विक महत्वका संरचनाको निर्माण तथा मर्मत कार्य गर्दा पुरातत्व विभागबाट स्वीकृत नम्र्स प्रयोग गर्नुपर्दछ । बौद्ध महास्तुप पुनर्निर्माणको मुख्य आइटमको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला प्रयोग गर्न सुनको मूल्य १४ हजार ७२३ का दरले ८ करोड २२ लाख ५३ हजारको लागत अनुमान विभागको नम्र्स प्रयोग नगरी स्वीकृत गरेको पाइएको छ ।

Share News