कुलेखानी सिस्नेरी सडक खण्ड ११ गतेदेखि १६ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने

<p>काठमाडौं । कुलेखानी सिस्नेरी सडकखण्ड बैशाख ११ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बर्खा अगावै सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यलयले सडक बन्द गरेरै काम सुरु गर्न लागेको हो । सडक विस्तारको क्रममा पहाड काट्नु पर्ने भएकोले सडक बन्द गर्नु परेको कार्यलयले जनाएको छ । अब अर्को हप्ताको मंगलबार [&hellip;]</p>

काठमाडौं । कुलेखानी सिस्नेरी सडकखण्ड बैशाख ११ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बर्खा अगावै सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यलयले सडक बन्द गरेरै काम सुरु गर्न लागेको हो ।

सडक विस्तारको क्रममा पहाड काट्नु पर्ने भएकोले सडक बन्द गर्नु परेको कार्यलयले जनाएको छ । अब अर्को हप्ताको मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुनेछ । निर्माण अवधिभर सो रुटमा गुडने सवारीले लेन अनुसासन साथै ओभरटेक गर्दा विचार पुर्याउनु पर्नेछ ।

नियम अनुसार सवारी नचलाएमा कानून बमोजिम कडा कारबाही हुने कार्यलयले जनाएको छ । साथै वैकल्पिक बाटो प्रयोग गरी सक्ने सवारीले यस रुटको प्रयोग नगर्न कार्यलयले आग्रह गरेको छ ।

Share News