काठमाडौं । तपाई सेयर खरिदबिक्री गर्नका लागि ब्रोकर कार्यलय धाउनु परेको छ ? तपाईलाई ब्रोकर अफिसमा जान समय छैन ? अब चिन्ता नलिनुस तपाईले बैशाखदेखि नै घरमै बसेर सेयर कारोबार गर्न सक्नु हुनेछ । अब ब्रोकर कार्यलयले बैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन पाउने भएका छन् ।
नियामक धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । ब्रोकर कम्पनीले आफनो व्याकअफिसमा सुधार गरी अनलाइन कारोबार गर्न सकिने जानकारी दिएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।
यसबाट लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भएर सेयर कारोबारको अन्त्यभई घर वा कार्यालयबाट सेयर खरिदबिक्री गर्न सक्ने भएका छन् । लगानकर्तालाई झण्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी र छिटो काम हुने बोर्डले जनाएको छ ।
यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाईन सेयर कारोबारलाई आधार तयार गर्ने बोर्डको भनाई छ ।