काडमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औं महाधिवेशनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बुधबार बिराटनगरमा एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरेकी थिइन् ।
दुई दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशन उद्घाटन कार्यक्रमा मन्त्री थापाले गरिन् । मानव जीवन र प्रतिष्ठाको विश्वव्यापी संरक्षणको लागि मानवीय सेवामा अहोरात्र खटिरहेका रेडक्रस तथा रेडक्रिसेण्ट अभियानका स्वयंसेवकप्रति हार्दिक सम्मान व्यक्त गरेको जनाइएको छ ।
उनले महिला समावेशीकरणको विषयलाई मुलुकले प्राथमिकता दिएकोले सवैपक्षलाई त्यसतर्फ थप ध्यान दिन समेत आग्रह गरेकी थिइन् ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले संस्थाका बिभिन्न तहबाट प्राप्त व्यवहारिक सुझावहरुलाई कार्यान्यनमा ल्याइ रेडक्रसलाई सबल बनाउने बताए । अल्पकालीन मध्यकालीन र दीर्घकालीन विकास र क्षमता अभिबृद्धिका लागि र मानवीय सेवा अझ प्रभावकारी बनाउन रेडक्रस प्रयत्नशील रहेको उनको भनाइ छ ।
मुलुक संघीयतातर्फ अगाडि बढिरहको सन्दर्भमा नेपाल रेडक्रसको संगठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकुल बनाउने उद्देश्यका साथ महाधिवेशनले छलफल गर्ने उनले जानकारी दिए ।
सोही अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले जस्तो सुकै विपत्तिमा पनि सेवाको लागि तत्पर रहने रेडक्रस अभियानको विश्वव्यापी स्वाभिमान र पहिचानलाई नेपाल रेडक्रसले कायम राख्दै आएकोमा प्रशंशा गरे ।
रक्त परीक्षण तथा ल्याब खर्चमा सहयोग गर्ने र गरीव जनतालाई सहुलियतमा रक्तसेवा उपलव्ध गराउन विराटनगर महानगरपालिका र नगरपालिकाहरु सकारात्मक रहेको महानगरका मेयर भीम पराजुलीले बताए ।
देशका ७५ वटा जिल्लाबाट रेडक्रसका तीन–तीन जना प्रतिनिधिहरू, केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरू गरी २७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवा रेडक्रससाथै शिक्षक नायकको प्रतिनिधिहरु पनि महाधिवेशन पर्यवेक्षकको रूपमा भागलिइरहेका छन् ।
यसका अलावा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको स्वयंसेवक स्मृति भवनको नेरेसोका अध्यक्ष थापालेनै उद्घाटन गरेका थिए । उक्त शाखा केही दिनअघि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमामा स्थापना गरिएको जनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा इकाइमा २० लाख रुपैया बराबरको ब्लड कम्पोनेन्ट सेपरेशन मेशिनको शुरुवात पनि गरिएकाे बताइएकाे छ ।