मेलम्चीमा ३६ अर्ब सकियाे, राजधानीका थप १३ लाख जनताले पानी खाना पाउने

<p>काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंका थप १३ लाख जनसंख्याले खानेपानी पाउने भएका छन् । मेलम्चीको पानीबाट १ लाख ५८ हजार ५४९ परिवारलाई उच्च गुणस्तरीय खानेपानी आपूर्ति सहितका फाइदा लिने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटिडेको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर छ । यसमा पनि करिब ४० प्रतिशत चुहिएर जाने [&hellip;]</p>

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंका थप १३ लाख जनसंख्याले खानेपानी पाउने भएका छन् ।
मेलम्चीको पानीबाट १ लाख ५८ हजार ५४९ परिवारलाई उच्च गुणस्तरीय खानेपानी आपूर्ति सहितका फाइदा लिने भएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटिडेको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर छ । यसमा पनि करिब ४० प्रतिशत चुहिएर जाने गरेको अनुमान गरिएको छ ।

सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यका खानेपानीका उपभोक्तासमक्ष वितरणका लागि दैनिक थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लिमिटेडका उपभोक्ताका लागि दैनिक कम्तीमा २ देखि ४ घण्टासम्म खानेपानी आपूर्ति हुने ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ । “यस्तो राष्ट्रिय महत्वको आयोजनाको हिस्सेदार बन्न पाउँदा एडीबी गौरवान्वित छ”, राष्ट्रिय निर्देशक मुख्तोर हामुद्खानोभले भने । उनकाअनुसार मेलम्चीमा ३५ करोड ५४ लाख अमेरिकी डलर (३६ अर्ब रुपैयाँ) लगानी भएको छ । यसमा एडीबीले १४ करोड ५० लाख डलर ऋण उपलब्ध गराएको छ ।

सुरुङका साथै २९ किलोमिटर पहुँचमार्ग निर्माणका लागि सन् २००० देखि सरकारका साथ काम गरिरहेको छ । मेलम्ची आयोजनाअन्तर्गत सुन्दरीजलको खानेपानी प्रशोधन प्लान्टको केही हिस्सामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी रहेको छ ।

यसैसँग सम्बन्धित अर्को आयोजनामा एडीबीले सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टको विस्तार गर्न, वितरण प्रणालीको आधुनिकीकरण गर्न, विद्यमान पूर्वाधारको पुनस्र्थापना गर्न र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सुदृढीकरण गर्न काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना मार्फत नेपाललाई १७ करोड डलर प्रदान गरेको छ ।

एडीबीबाट ८ करोड डलर ऋण लगानी गरिएको काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजना मार्फत ढल प्रशोधन प्लान्ट निर्माण गर्ने र ढलको सञ्जालको सुधार गर्ने लक्ष्य राखिएको छ ।

एडीबीकाअनुसा आउदो जुलाईको सुरुसम्म सबै काम सम्पन्न गर्नेछ । मेलम्चीको पानी सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टमा जुलाईमा पठाउन र काठमाडौं उपत्यकामा नयाँ प्रसारण र वितरण प्रणालीको परीक्षण अगस्टमा सुरु हुनेछ ।

Share News