
काठमाडौं । बुटबलदेखि लुम्बिनीसम्म १३२ केभी प्रसारणलाइन निर्माणको ठेक्का नेपाली र चिनियाँ संयुक्त कम्पनीले पाएका छन् ।
नेपालको मुडभरी एन्ड जोशी कन्ष्ट्रक्सन कम्पनी र चीनको टीबीए स्याङडोङ लुनिङ ताइसेन केवल कम्पनी लमिटेडले ५६ करोड ८२ लाखमा ठेक्का पाएका हुन् । यो रकम भ्याट बाहेकको हो ।
जोगीकुटीदेखि मैहया सवस्टेशनसम्मका लागि संयुक्त कम्पनीले सर्वे, डिजाइन, आपूर्ति र जडानको काम गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।