जोशी र शुभम् हाईड्रोपावरले पाए ५ करोड ७१ लाखको आईपीओ निष्कासन गर्न अनुमति, कहिले आउछ ? हेर्नुस

<p>काठमाडौं । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ [&hellip;]</p>

काठमाडौं । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएका हुन् ।

यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो । जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेडले आईपीओ निष्कासन गर्नेछन् ।

हालसम्म १५ कम्पनीले आईपीओ र थप निष्कासन (एफपीओ) गरी १५ कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको अनुमति पाएका छन् ।

 

Share News