प्रधानमन्त्री ओलीले भने : नेपालकाे पानीजहाज चलेपछि ढुवानी भाडा १ रुपैयाँ ७० पैसा मात्रै

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पानी जहाज सञ्चालनमा ल्याएपछि ढुवानी भाडा ७० प्रतिशत घट्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभालाई बुधबार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालसम्म पानीजहाज आउन थालेपछि प्रतिकिलो वस्तुको ढुवानी भाडा २ रुपैयाँ ६० पैसा घट्ने बताए । ‘अहिले ढुवानी भाडा ४ रुपैयाँ ३० पैसा लाग्छ,’ [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पानी जहाज सञ्चालनमा ल्याएपछि ढुवानी भाडा ७० प्रतिशत घट्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभालाई बुधबार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालसम्म पानीजहाज आउन थालेपछि प्रतिकिलो वस्तुको ढुवानी भाडा २ रुपैयाँ ६० पैसा घट्ने बताए । ‘अहिले ढुवानी भाडा ४ रुपैयाँ ३० पैसा लाग्छ,’ उनले भने ‘पानी जहाज सञ्चालन आएपछि भाडादर घटेर १ रुपैयाँ ७० पैसामा झर्छ ।’

भारतमा भएको सम्झौतासंगै मुलुक भुपरिवेष्ठित (ल्यान्ड लक) नरहने उनले दावी गरे । भारतको गंगानदी हुदै कोसी कर्णाली भइ नेपालको आफ्नै पानीजहाज आउछ ।’ जाहाज सञ्चालनका प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।
गत शनिबार नयाँदिल्लीमा नेपालसम्म पानीजाहाज सञ्चालन गर्न भारतसंग सम्झौता भएको छ ।

सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको मुलुक नेपाल अब भुपरिवेष्ठित नरहेको प्रतिक्रिया दिएका थिए ।

स्थलमार्गबाट सामान आयात निर्यात गर्दा व्यवसायीले विभिन्न समस्या झेल्नुपर्ने छ । जाहाजबाट सामान आयात निर्यात गर्दा सस्तो पर्नुका साथै समयका हिसावले छिटो हुनेछ । नेपालले चाडै पानीजाहाज सञ्चालन गरने भएकाे छ ।

Share News