प्रधानमन्त्री माथिल्लो तामाकोसीमा, तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सक्न निर्देशन दिएका छन् । बुधबार ४५६ मेगावाटको आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उनले कुनै पनि हालतमा आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । उनले आउदो पुसमा आयोजनाको पहिलो युनिट ७६ मेगावाट र बैशाखभित्र सबै युनिट [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सक्न निर्देशन दिएका छन् ।

बुधबार ४५६ मेगावाटको आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उनले कुनै पनि हालतमा आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । उनले आउदो पुसमा आयोजनाको पहिलो युनिट ७६ मेगावाट र बैशाखभित्र सबै युनिट सञ्चालन गर्ने कार्यतालिकाअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

तामाकोसी अयोजनामा ढिलाइ हुदा दैनिक ४ करोड रुपैयाँ नोक्सान हुने भन्दै उनले कुनै पनि हालतमा निर्धारित समयमा काम सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजना तामाकोसी निर्धारित तालिकामा सक्नुपर्नेमा जोड दिएका छन् । उनले तामाकोसीबाट बिजुली उत्पादन भएपछि भारतबाट हुने १८ अर्ब रुपैयाँको बिजुली आयात बन्द हुने भएकाले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना १ महिना अगावै आउदा करोडौ रुपैयाँ ब्याज खर्च कम हुने जानकारी दिए ।

सो अवसरमा अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेडले काममा ढिलाइ गरिरहेको भन्दै यसलाई कुटनीति पहलबाट समधान खोज्नु पर्नेभन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए । यस्तै लामोसाँघु–चरिकोट सडककको ठेकेदारले काम नगर्दा यातायातमा समस्या भएको उनले जानकारी दिए ।

हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत पनि बढेर निर्माण अवधिको ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको सो अवसरमा जानकारी दिइयो ।

आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रा लटको ठेकेदारले ढिलाई गरिरहेको छ । लट २ को ठेकेदारले काममा ढिलाइ गरेको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन्

Share News