ठेकेदारले ढिलाइ गर्न थालेपछि प्रधानमन्त्री ओली बुधबार माथिल्लो तामाकोसीको निरीक्षणमा जाने

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत अवलोकनमा जाने भएका छन् । आयोजनाको प्रगति बुझन र समस्या समधान गर्नका लागि उनी आयोजनाको निरीक्षणमा जान लागेका हुन् । प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि आयोजनास्थल जान लागेका छन् । ४५६ मेगावाटको आयोजनाबाट २०७५ मंसिरसम्म विद्युत गर्ने लक्ष्य लिइएको [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत अवलोकनमा जाने भएका छन् ।

आयोजनाको प्रगति बुझन र समस्या समधान गर्नका लागि उनी आयोजनाको निरीक्षणमा जान लागेका हुन् । प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि आयोजनास्थल जान लागेका छन् ।

४५६ मेगावाटको आयोजनाबाट २०७५ मंसिरसम्म विद्युत गर्ने लक्ष्य लिइएको छ । लट २ को ठेकेदार भारतको टेक्सम्याको इण्डिया लिमिटेडले हाइड्रोमेकानिलको काममा ढिलाइ गरेकाले आयोजना पछि सरेको हो । अहिलेसम्म आयोजनाको ९६ प्रतिशत काम पूरा भएको छ ।

आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रा लटको ठेकेदारले ढिलाई गरिरहेको छ । लट २ को ठेकेदारले काममा ढिलाइ गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यसले गर्दा आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुदे देखिएको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् । २०७५ मंसिरसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

Share News