
काठमाडौं नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन ।
दाहालले ६६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राम कँडेलले ६८ मत मा पाएका थिए । नाडाका उपाध्यक्ष समेत रहेका दाहाल तारा म्यानेजमेन्टका निर्देशक पनि हुन् । सदस्यमा सबै दाहाल पक्षका निर्वाचि भएका छन ।
सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी,अभिक ज्योती,सुनिल रिजाल,सुरेन्द्रकुमार उप्रेती,अनुपकुमार बराल, विक्रम सिंघानिया,प्रकाश कपुरी,सुरज भट्टराई,दीपक अग्रवाल,मिलनबाबु मल्ल,पंकज अग्रवाल,नन्दकिशोर शाही र निलमणि पाठक निर्वा्चित भएका छन् ।