
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
जेठ ८ गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ । थप निष्कासन (एफपीओ) खरिद गर्नेले पनि लाभांश पाउने भएका छन् ।