काठमाडौं । जिल्ला समन्वय समितीमा कार्यरत रहेका कर्मचारीहरु सिधै स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितीको कर्मचारी सिधैं स्थानीय तहमा समायोजन गर्न लागेको हो । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ १ अनुसार समन्वय समितीको सम्पुर्ण स्थाई कर्मचारी स्वत स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ ।
यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितीले बुझाउनु पर्नेछ ।