
काठमाडौं । आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको छ ।
बजार बढेर नेप्से परिसुचक उछाल आई १ हजार ३०१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ ।
गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ६६ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ ।