बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, करोडौंको क्षति

<p>&nbsp; काठमाडौं ।बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान भीषण आगलागी हुदा करोडौं रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका ८ नम्बर वडामा पर्ने सुपरमार्केटको ५ औ तल्लाबाट सुरु भएको आगलागी अन्य तलामा पनि लागेको थियो । &nbsp; आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उनकाअनुसार आज बिहान ४ [&hellip;]</p>

 

काठमाडौं ।बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान भीषण आगलागी हुदा करोडौं रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका ८ नम्बर वडामा पर्ने सुपरमार्केटको ५ औ तल्लाबाट सुरु भएको आगलागी अन्य तलामा पनि लागेको थियो ।

 

आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उनकाअनुसार आज बिहान ४ बजेदेखि आगो लागेको उनले जानकारी दिए । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दमकल परिचालन गरिएको छ । धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ ।

बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । सुपरमार्केट ९५ करोडको लागतमा सम्पन्न गरिएको थियो ।

Share News