पुननिर्माण प्राधिकरणद्धारा १ खर्बभन्दा बढी खर्च

<p>काठमाडौ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ [&hellip;]</p>

काठमाडौ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ ।

अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट ७ हजार ५५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ ।

त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस

Share News