प्रधानमन्त्री ओली आज ९ बजे भारत प्रस्थान गर्दै, नयाँ सहमति नहुने

<p>काठमाडौं । मन्त्री, उच्च सरकारी कर्मचारी, उद्योगीसहितको ठूलो समूहको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन्। तीन मन्त्री र केही सरकारी उच्च पदस्थ कर्मचारी तथा उद्योगी, व्यवसायी सहितको टोलीको नेतृत्व गर्दै दिल्ली जान लागेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा नयाँ सहमति नहुने [&hellip;]</p>

काठमाडौं । मन्त्री, उच्च सरकारी कर्मचारी, उद्योगीसहितको ठूलो समूहको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन्।

तीन मन्त्री र केही सरकारी उच्च पदस्थ कर्मचारी तथा उद्योगी, व्यवसायी सहितको टोलीको नेतृत्व गर्दै दिल्ली जान लागेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा नयाँ सहमति नहुने बताईए पनि विगतको तिक्तता मेट्न सकेमा द्विपक्षीय सम्बन्धमा नयाँ ढोका खुल्ने एकजना पूर्वराजदूतको भनाइ छ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यसअघिका सरकार प्रमुखहरूले जस्तै प्रधानमन्त्री ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन्।

यस भ्रमणपछि अढाई वर्षअघि संविधान जारी गर्ने बेला र त्यसपछि नाकाबन्दीका कारण चिसिएको दुई देशबीचको सम्बन्ध आउँदा दिनमा सुमधुर हुने सरकारको अपेक्षा छ।

भ्रमणमा परराष्ट्र, उद्योग र भौतिक पूर्वाधारमन्त्रीहरू, ओलीका राजनीतिक सल्लाहकार र मुख्य सचिव समेत सहभागी हुने छन्।

भ्रमण कार्यतालिकाबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, प्रधानमन्त्रीज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा अहिले बिहान ९ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। र, फर्किनुअघि प्रधानमन्त्री उत्तराखण्डको पन्तनगर जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्रीलाई अनररी डक्टर अफ साईन्सुको उपाधि (विद्यावारिधी) ले सम्मानित गरिने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल र भारतका उद्योयी व्यवसायी तथा भारतमा रहेका नेपाली समुदायसँग पनि विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

नेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ । नेपाल र चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल–भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। भोलि भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटघाट गर्नेछन्। विशिष्ट पाहुनाका रूपमा उनी राष्ट्रपति भवनमा रहने छन्।

नेपाल र चीनबीच निकटता बढेको ठान्ने भारत नेपालसँग सम्बन्ध सुधारमा बढी केन्द्रीत हुने एकजना पूर्वराजदूत जयराज आचार्यले बताए।

भ्रमणप्रति आशा व्यक्त गर्दै उनले भने, ुुनेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ र नेपालर चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल र भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। त्यो सद्भावमा प्रगति भएपछि अरू द्विपक्षीय सहयोगका कामहरू अगाडि बढ्न सक्छन्।

भुकम्पपछिको पुनर्निर्माणका लागि भारतीय सहयोगको परिचालन, पञ्चेश्वर र अरुण तेस्रो जलविद्युत आयोजना तथा हुलाकी राजमार्ग लगायतका योजनाको कार्यान्वयनमा नेपाली पक्षले जोड दिने बताइएको छ। यसै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत जाँच चौकीको दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्रोतः बीबीसी

Share News