हिमालय ऊर्जा विकासले १० करोडको आईपीओ ल्याउदै, धितोपत्र बोर्डमा दियो निवेदन

<p>काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

गत चैत २४ गते सम्पन्न वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि कम्पनीले बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानियबासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नछ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख रुपैयाँ बराबरको १४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । हिमालयले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने छ । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।

 

Share News