दुर्लभ जनावर सिकारको मुद्दामा अभिनेता सलमान खान दोषी ठहर, ५ वर्षस जेल

<p>काठमाडौं । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए। उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। खानले अब १ देखि ६ वर्षसम्म [&hellip;]</p>

काठमाडौं । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए।

उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।

खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ। तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

Share News