जनप्रतिनिधीकाे विदेश भ्रमणमा अंकुस लगाउँदै सामान्य प्रशासन, ७ दिनभित्र विवरण पेस गर्न अल्टिमेटम

<p>काठमाडौं । महानरपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउपालिका जनप्रतिनिधीहरुले विदेश भ्रमण गर्दा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृती लिनुपर्ने भएको छ । जुनसुकै देशमा हुने वैदेशिक भ्रमण देशको लागि संवेदनशिल हुने भन्दै मन्त्रालयले स्थानीय जनप्रतिनिधिको भ्रमणमा अंकुस लगाएको हो । केहि जनप्रतिनीधीहरुले मन्त्रालयको स्वीकृती नपाएपछि आफुखुसि विदेश भ्रमण गरेकोमा मन्त्रालयले ध्यानाकर्ष भएको जनाएको छ । सरकारको कार्यविभाजन नियमावली [&hellip;]</p>

काठमाडौं । महानरपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउपालिका जनप्रतिनिधीहरुले विदेश भ्रमण गर्दा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृती लिनुपर्ने भएको छ ।

जुनसुकै देशमा हुने वैदेशिक भ्रमण देशको लागि संवेदनशिल हुने भन्दै मन्त्रालयले स्थानीय जनप्रतिनिधिको भ्रमणमा अंकुस लगाएको हो ।

केहि जनप्रतिनीधीहरुले मन्त्रालयको स्वीकृती नपाएपछि आफुखुसि विदेश भ्रमण गरेकोमा मन्त्रालयले ध्यानाकर्ष भएको जनाएको छ । सरकारको कार्यविभाजन नियमावली २०७४ अनुसार स्थानीय जनप्रतिनिधीको विदेश भ्रमणको निती तथा कार्यक्षेत्रा अधिकार यसै मन्त्रालयभित्र पर्ने भन्दै विदेश भ्रमणको विवरण माग गरेको हो ।

अब विदेश भ्रमण गर्ने जनप्रतिनिधीले स्थानीय विकास मन्त्रालयसँग स्वीकृती लिनुपर्नेछ भने विदेश भ्रमण गरिसकेकाले ७ दिनभित्र विवरण पेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Share News