कालिका कन्स्ट्रक्सन घटनाको छानबिन गर्न परिसंघको माग

<p>काठमाडौं । मंगलबार नेपाल उद्योग परिसंघको सदस्य संस्था कालिका कन्स्ट्रक्सनको निर्माण कार्य स्थल सिन्धुलीमा भएको बम विष्फोटको घटना भएकोप्रति संघले दुःख व्यक्त गरेको छ । सोबाट पुग्न गएको क्षतिबाट शान्ति सुरक्षामा पुनःप्रश्न उठेको र असुरक्षाका घटना हुन गएकोप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । उद्योग व्यवसायमा भएका यस प्रकारको हमला एवं पुग्न गएको क्षतिको कारण [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल उद्योग परिसंघको सदस्य संस्था कालिका कन्स्ट्रक्सनको निर्माण कार्य स्थल सिन्धुलीमा भएको बम विष्फोटको घटना भएकोप्रति संघले दुःख व्यक्त गरेको छ । सोबाट पुग्न गएको क्षतिबाट शान्ति सुरक्षामा पुनःप्रश्न उठेको र असुरक्षाका घटना हुन गएकोप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग व्यवसायमा भएका यस प्रकारको हमला एवं पुग्न गएको क्षतिको कारण उद्योग व्यवसायको सुरक्षा प्रश्न टड्कारो रुपमा उठेको संघको बुझाइ छ ।
यस्ता घटना क्रमले निर्माण कार्यमा प्रत्यक्ष असर पर्ने तथा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने भन्दै संघले यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न अनुरोध गरेको छ । साथै उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपुर्तिको लागि समेत सरकारलाई ध्यानाकर्षण गराएको छ ।

Share News