यूएस बांगला एयरलाइसन्सले क्षतिपूर्ति दिन मृतकका परिवारसंग माग्यो दावी विवरण

<p>काठमाडौं । यूएस बंगला एयरलाइन्स लिमिटेडले दुर्घटनामा परी निधन भएका यात्रुको दावी भुक्तानीका लागि विवरण संकलन सुरु गरेको छ । एयरलाइन्सले नेपालको प्रधान, घिमिरे एन्ड एसोसियट्सलाई कानून व्यवसायी नियुक्त गरी दावी विवरण संकलनको काम सुरु गरेको छ । ३५ दिनभित्र परिवार वा कानूनी हकदारलाई सम्पर्क गर्न नियुक्त कानून व्यवसायीले अनुरोध समेत गरेको छ । दुर्घटनामा [&hellip;]</p>

काठमाडौं । यूएस बंगला एयरलाइन्स लिमिटेडले दुर्घटनामा परी निधन भएका यात्रुको दावी भुक्तानीका लागि विवरण संकलन सुरु गरेको छ ।

एयरलाइन्सले नेपालको प्रधान, घिमिरे एन्ड एसोसियट्सलाई कानून व्यवसायी नियुक्त गरी दावी विवरण संकलनको काम सुरु गरेको छ । ३५ दिनभित्र परिवार वा कानूनी हकदारलाई सम्पर्क गर्न नियुक्त कानून व्यवसायीले अनुरोध समेत गरेको छ ।

दुर्घटनामा परेका यात्रुको दावीहरु यकिन गरी एयरलाइन्सको तर्फबाट निप्टार गर्न कानून व्यवसायीले नजिकको हकदारबाट मृत्यु भएका यात्रुको विवरण र दावी संकलनको काम थालेको छ ।

फागुन २८ गते मध्यान्न २ बजेर २० मिनेटमा बंगलादेशबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुदा ४९ जनाको निधन भएको थियो । यता सरकारले पनि विमान दुर्घटनाको अध्ययन गरी यर्थाथ विवरण बाहिर ल्याउन जाँचबुझ समिति गठन गरेको छ ।

Share News