नविल बैंकलाई बम्पर उपहार योजना चलाउन राष्ट्र बैंकले स्वीकृत दिएको छ– अनिल शाह

<p>काठमाडौं । नबिल बैंकलाई बम्पर उपहार योजना चलाउन नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् । राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंकले बम्पर उपहार योजना सञ्चालन गरेको बारेमा विकासन्युजमा समाचार प्रकाशित भएपछि शाहले ‘राष्ट्र बैंकको सहमति र स्वीकृतिमा’ बम्पर उपहार योजना सञ्चालन गरेको जनाएका छन् । [&hellip;]</p>

काठमाडौं । नबिल बैंकलाई बम्पर उपहार योजना चलाउन नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् । राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंकले बम्पर उपहार योजना सञ्चालन गरेको बारेमा विकासन्युजमा समाचार प्रकाशित भएपछि शाहले ‘राष्ट्र बैंकको सहमति र स्वीकृतिमा’ बम्पर उपहार योजना सञ्चालन गरेको जनाएका छन् ।

‘हामीले बम्पर उपहार योजनाबारे विस्तृत जानकारी राष्ट्र बैंकलाई दिएका छौं र नियामक राष्ट्र बैंकको तर्फबाट लिनु पर्ने सबै प्रकारको सहमति र स्वीकृति लिएका छौं’ शाहले विकासन्युजलाई लिखित पठाउँदै लेखेका छन्–‘सबै प्रकारको स्वीकृति लिनुपर्दा यो योजना सार्वजनिक हुन ढिला भएको थियो ।’

नगद फिर्ता गर्ने यस्तो योजना अरु बैंकहरुले यसअघि नै ल्याएको उनले स्मरण गराएका छन् ।

यसअघि अरु बैंकहरुले भिसाकार्डबाट सपिङ गर्दा सबै ग्राहकलाई समान रुपमा नगद फिर्ता योजना सार्वजनिक गरेका थिए । तर नविल बैंकले भिसाकार्डबाट खरिद गर्नेमध्ये सबैभन्दा बढी कारोबार गर्ने एक जनालाई २६ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने कार बम्पर उपहार दिने घोषणा गरेको छ ।

उक्त योजना राष्ट्र बैंकको नीति र निर्देशन विपरित भएको राष्ट्र बैंकका अधिकारीहरुले नै बताएका छन् ।

Share News