हिन्दु धर्मको सबैभन्दा ठूलो तीर्थस्थल पशुपति क्षेत्र ‘माग्नेमुक्त’ घोषित

<p>काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र माग्ने मुक्त क्षेत्र घोषणा भएको छ । मंगलबार पशुपति परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सो क्षेत्रलाई माग्नेमुक्त क्षेत्र घोषणा गरेका हुन् । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको सहयोगमा मानव सेवा आश्रमले पशुपति परिसरमा रहेका ८१ जना वेसहारालाई [&hellip;]</p>

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र माग्ने मुक्त क्षेत्र घोषणा भएको छ । मंगलबार पशुपति परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सो क्षेत्रलाई माग्नेमुक्त क्षेत्र घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको सहयोगमा मानव सेवा आश्रमले पशुपति परिसरमा रहेका ८१ जना वेसहारालाई उद्धार गरेर उनीहरुको वुढानिलकण्ठ, सामाखुशी, चितवन र हेटौंडा लगिएपछि पशुपति मगन्ते मुक्त क्षेत्र बनेको हो ।

कार्याक्रममा बोल्दै मन्त्री अधिकारीले उद्धार गरेर लगिएका व्यक्तिलाई आध्यात्मिक वा सम्भव भए अन्य उत्पादनमुलक क्षेत्रमा लगाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा काठमाडौंलाई मगन्तेमुक्त क्षेत्र बनाउने बताए । माग्ने बसेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको हो ।

पशुपति क्षेत्रलाई योग, ध्यान र साधना स्थलका रुपमा विकसित गर्ने अभियानअन्तर्गत लागुपदार्थ र मगन्तरहित क्षेत्र बनाउन लागिएको हो । कोषले पहिलो चरणमा सूर्यघाट क्षेत्रबाट योग, ध्यानलगायत साधनाका कार्यक्रम शुरु गर्ने तयारी गरिएको जनाएको छ ।

Share News