
काठमाडौं । सेयर बजार मंगलबार ओरालो लाग्नबाट रोकिएको छ । बजार ६ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय नजिक पुगेको छ । मंगलबार वित्त बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार २१ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । युनिलिभरको सेयर मूल्य ९९४ रुपैयाँ बढेर २५ हजार ६३७ रुपैयाँ पुगेको छ ।