काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानलाई अलग राख्नुपर्ने पुर्व क्याप्टेन युवराज कुमार भट्टराईले बताएका छन् ।म्यानेजमेन्ट एशोसियसन अफ नेपालले गरेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई दुर्घटना’ नामक अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
काठमाडौंको बुढानिलकण्ठ वा काभ्रे धुलिखेलमा आन्तरिक उडानका लागि विमानस्थल बनाउन सकिने भएकाले सम्बन्धित पक्षको ध्यान जानु पर्ने कुरामा उनले जोड दिएका हुन् ।
एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा ६० प्रतिशत भन्दा बढी हिस्सा आन्तरिक उडानले ओगट्दा यसले प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय उडानलाई प्रभाव पारेको छ ।
अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले एक घण्टासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ । ‘पोखराबाट २५ मिनेटमा काठमाडौं आइपुग्छ तर ल्यान्डिङको लागि १ घण्टासम्म पालो कुर्नपर्ने अवस्था रहेको छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,’ भट्टराईले भने ।
काठमाडौं वरिपरि डाडाहरुले घेरेको छ । विशेसगरी कुहिरो र तुवालोले गर्दा पाइलटलाई समस्या पर्ने गर्छ । अन्य देशहरुमा जस्तै आन्तरिक उडान गर्ने छुट्टै विमानस्थल बनाउन सकिएको खण्डमा नेपाली हवाई सुरक्षामा थप टेवा पुग्नेछ ।
पाइलटले रनवे देख्न नसकेकै कारण बंगलादेशी विमान दुर्घटना भयो
दुई जिरोमा ल्यान्डिङ गर्न जो कोहि पाइलटकको लागि चुनौतिपुर्ण हुनेछ । यसको लागि उच्च अनुभव आवश्यक हुन्छ । त्यो दक्षता बंगलादेशी पाइलटमा देखिएन । दुई जिरोमा ल्यान्डिङ गर्दा राम्ररी रनवे देख्न गाह्रो हुन्छ । त्यसैले मलाई जहाँसम्म लाग्छ पाइलटले राम्ररी रनवे देख्न नसकेकै कारण सन्तुलन गुमाउन पुगे र दुर्घटना निम्त्यायो । जहाज दुर्घटना भएपछि ९० सेकेण्डसम्म आगो लाग्दैन त्यसपछि भयानक आगलागी हुन्छ । यो आगो नियन्त्रण गर्न चुनौती पुर्ण हुन्छ ।
एटीसीको कुनै गल्ती छैन
जहाज ल्यान्डिङ गर्ने सबै कुरा पाइलटको हातमा रहेको हुन्छ । कुनै पनि पाइलटले उडान गर्नुअघि एयरपोटको अवस्थाबारे अध्ययन गरेका हुन्छन् । एटिसीमा बस्ने व्यक्तिले अंग्रेजी बुझेन, राम्रोसँग कुरा गर्न सकेन भन्नु हल्ला मात्र हो, यो सबै कुरा पाइलटले ध्यान दिनुपर्ने कुरा हो । विमानस्थल व्यावसस्थापनसँग पाइलटले राम्ररी कुरा गरेको देखिदैंन । एटीएको रुमबाट तपाइलाई जुनमा सजिलो हुन्छ त्यहिबाट ल्यान्डिङ गर्नुस् भन्ने कुरा गलत हो । यदि एटिसी रुमबाट यस्तो कुरा आएको भएपनि जहाज पाइलटले नै सुरक्षि अवतरण गर्नुपर्छ । सबै कुरा पाइलटकै हातमा हुन्छ ।
को पाइलट अनुभवी छैनन
अधिकांश जहजजमा को पाइलटको अनुभव कम रहेको देखिन्छ । क्याप्टेन पाइलटले जहाजलाई सन्तुलनमा राख्न नसकेपछि को पाइलटले यसलाई नियन्त्रणमा लिन सक्नुपर्छ । एक महिनाको अनुभवले को पाइलट बन्नु भनेको राम्रो पक्ष होइन । को पाइलटको अनुभवी नहुँदा दुर्घटना बढेको देखिन्छ ।
विमानस्थल असुरक्षित होइन
त्रिभुवन विमानस्थल असुरक्षित भन्नु गलत हो । संसारमा कुनै यस्तो विमानस्थल हुदैंन जुन यो सुरक्षित भन्ने । जहाज उडाउने आफैंमा जोखिमको काम हो चाहे त्यो विश्वको जुनकुनै कुनामा उडोस् । जहाजको प्राविधिक खराबी बाहेक कुनैपनि अवस्थामा पाइलट नै सजग हुने हो । कुनैपनि उडान भर्न भन्दा पहिले विमानस्थलको सम्पुर्ण पक्षको अभ्यस्त भैसकेको हुनेछ । तर कहिलेकाही सानो प्राविधिक गल्तीले पाइलटलाई अपठ्यरो हुने गर्दछ ।
पाइलटमा मानसिक असर
साधरणतय पाइलट सम्पुर्ण किसिमको मानसिक अवस्थाबाट मुक्त भई फ्रेस मुडमा जहाज उडाउनु पर्छ । आर्थिक रुपमा असुरक्षित नहोस भनेर प्राय सबै एयरलाइन्सहरुले पाइलटलाई राम्रो पारिश्रमिकको व्यवस्था गरेको हुन्छ । घर परिवार र सबै क्षेत्रबाट पाइलटलाई सकारात्मक व्यावहार गर्नुपर्छ । पाइलटमा पनि जस्तो सुकै अवस्थामा जहाज सन्तुलन गर्न सक्ने दृढ स्वभाव हुनुपर्छ ।
५१ जनाको मृत्यु हुनु दुखद
विमान स्थलमै दुर्घटना भएर ५१ जनाको मृत्यु हुनु दुखद कुरा हो । लाखौं खर्चिएका भविस्यका डाक्टर लगायत महत्वपुर्ण व्यक्तिको मृत्युले ठुलो क्षति पुर्याएको छ । संसारमा भएका विमान दुर्घटनाका घटनाहरु बाहिर आउन सक्दैन । यसले मृतकका आफन्तहरुमा थप पिडा दिने गरेको छ । ढिलो गरी आउने प्रतिवेदनहरुमा प्राय पाइलटलाई नै दोषी देखाउने प्रचलन रहेको छ ।