काठमाडौं । चिकित्साशास्त्र क्षेत्रमा मास्टर इन डाक्टर (एमडी) विद्यार्थी भर्नामा मनोमानी नगर्न डीन कार्यालयले आङ्गिक क्याम्पसलाई चेतावनी दिएको छ ।

विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले विद्यार्थीहरुलाई प्रक्रिया अनुसार नै भर्ना गर्न निर्देशन दिएको हो । संथानको निर्णय अनुसार शैक्षिक सत्र २०७४/०७५ मा चिकित्साशास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीहरुले ५० प्रतिशत रकम सुरुमै तिर्नुपर्ने छ । दोस्रो र तेस्रो वर्षमा बाँकी २५/२५ प्रतिशत तिर्नुपर्नेछ ।
यसैगरी डीन कार्यालयको निर्देशन पालना नगर्ने क्याम्पसलाई चिकित्सा शिक्षाको मान्याता नदिने समेत बताएको छ । क्याम्पसहरुले विद्यार्थी भर्नाको लागि रकम जम्मा गर्ने बैँकको खाता नम्बर लगायतका विवरण विद्यार्थी र अविभावकहरु जनकारी गराउनुपर्नेछ ।
डीन कार्यालय र परीक्षा नियन्त्रण महाशाखा मार्फत छानिएका विद्यार्थीहरुले मात्र बैँकमा रकम दाखिला गरी अनलाइनबाट भर्ना हुनुपर्नेछ ।
२ वर्ष कार्यक्रमको हकमा भने भर्ना समयमा ५० प्रतिशत रकम र बाँकि ५० प्रतिशत दोस्रो वर्षको सुरुमा नै बुझाउनु पर्नेछ ।
सीट संख्या तथा शुल्क त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट स्वीकृत भए पनि डीन कार्यलयले वेभसाइट मार्फत जानकारी गराउनेछ ।