भारतमा पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

<p>काठमाडौं । भारतमा सोमबारदेखि पेट्रोलियम पदार्थ महंगो भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा परेको हो । भारतमा पेट्रलियम प्रशोधन कम्पनीले भाउ १२ पैसा भारुसम्म बढाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यो मूल्य ४ वर्षयताकै सर्बाधिक महंगो भएको एक्सप्रेसले अनलाइन संस्करणमा लेखेको छ । भारतमा पेट्रोलियमको भाउ बढेकाले यसको असर [&hellip;]</p>

काठमाडौं । भारतमा सोमबारदेखि पेट्रोलियम पदार्थ महंगो भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा परेको हो ।

भारतमा पेट्रलियम प्रशोधन कम्पनीले भाउ १२ पैसा भारुसम्म बढाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यो मूल्य ४ वर्षयताकै सर्बाधिक महंगो भएको एक्सप्रेसले अनलाइन संस्करणमा लेखेको छ ।

भारतमा पेट्रोलियमको भाउ बढेकाले यसको असर नेपालमा पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोेरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

नेपाल आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । इण्डियन आयलबाट नयाँ मूल्यसूचि आएपनि निगमले भने बढाएको छैन ।

भारतको दिल्ली, कोलकाता, मुम्बई र चेन्नइमा पेट्रोलियमको भाउ बढको छ । दिल्लीमा पेट्रोलियमको मूल्य बढेर प्रतिलिटर ७३.८३, कोलकातामा ७६.५४, मुम्बइमा ८१.६९, र चेन्नइमा ७६.५९ भारु रहेको छ । यस्तै डिजेलको भाउ पनि बढेको छ । जसअनुसार दिल्लीमा डिजेलको भाउ बढेर प्रतिलिटिर ६४.६९, कोलकातामा ६७.३८, मुम्बइमा ६८.८९ र चेन्नइमा ६८.२५ भारु पुगेको छ ।

भारत सरकारले पेट्रोलियमको भाउ बढेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रतिलिटर २ भारु भन्सार शुल्क कटौती गरेको थियो । अमेरिकाले इरानमाथि आर्थिक नाकावन्दी लगाउने आशंकामा अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ बढेको छ । यस्तै अमेरिकाले आफनो पेट्रोलियम उत्खनन काम रोकेपछि यसको असर विश्व बजारमा परेको बताइएको छ ।

फाइनान्सियल एक्सप्रेसका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेल ६५.२१ डलर पुगेको छ ।

Share News