५ अर्ब लागतमा २६ मेगावाटको माथिल्लो खुदी आयोजना निर्माण हुदै, ४ वर्षमा बिजुली बल्ने

<p>काठमाडौं । सुपर खुदी हाइड्रोपावर प्राइभेट लिमिटेडले २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आयोजना निर्माणका लागि विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । आगामी ३५ दिनपछि सुपर खुदीले विद्युत उत्पादन लाइसेन्स पाउने छ । लाइसेन्स पाएपछि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी [&hellip;]</p>

काठमाडौं । सुपर खुदी हाइड्रोपावर प्राइभेट लिमिटेडले २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माणका लागि विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । आगामी ३५ दिनपछि सुपर खुदीले विद्युत उत्पादन लाइसेन्स पाउने छ ।

लाइसेन्स पाएपछि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन काम सुरु हुने प्रवद्र्धक सुपर खुदीका सञ्चालक ज्ञानेन्द्रलाल प्रधानले बताए । उनकाअनुसार काम सुरु भएको ४ वर्षमा आयोजनाबाट बिजुली बल्नेछ । आयोजना बनाउन ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

खुदीबाट वार्षिक १३ करोड ९२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । १३ मेगावाट क्षमताका २ वटा पेल्र्टन टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । आयोजना लम्जुङ जिल्लाको घनपोखरा र खुदीमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली सोही जिल्लामा रहेको मस्र्याङदी सवस्टेशनमा जोडिने छ ।

मध्यकालिगण्डकी आयोजनाको पनि अध्ययन सुरु

५३.५ मेगावाट क्षमताको मध्यकालिगण्डकी जलविद्युत आयोजनाको निर्माण हुने भएको छ । आयोजनाको निर्माण हाइड्रो सपोर्ट प्राइभेट लिमिटेडले गर्ने भएको छ । आयोजना म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकामा रहेको छ ।

हाल आयोजनामा वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु भएको छ । आयोजनाबाट वार्षिक ३० करोड ७१ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी क्षमताको प्रसारणलाइनमार्फत म्याग्दीको दाना सवस्टेशनमा जोडिने लक्ष्य लिइएको छ ।

Share News