भारतको नयाँ दिल्लीमा युरोपेली मापदण्डको इन्धन बिक्री सुरु

<p>काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा युरोपेली उत्सर्जन मापदण्ड अनुसारको इन्धन बिक्री व्यवस्था लागु भएको छ । दिल्ली र आसपासका क्षेत्रका सबै इन्धन पम्पले पहिलेको तुलनामा ८० प्रतिशत कम ’सल्फर’ निकाल्ने पेट्रोल र डिजेल बिक्रीवितरण थालेका छन । दिल्ली यस्तो व्यवस्था लागु गर्ने पहिलो भारतीय शहर बनेको छ । ’सल्फर’ कम भएको इन्धन स्वच्छ वातावरणका [&hellip;]</p>

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा युरोपेली उत्सर्जन मापदण्ड अनुसारको इन्धन बिक्री व्यवस्था लागु भएको छ ।

दिल्ली र आसपासका क्षेत्रका सबै इन्धन पम्पले पहिलेको तुलनामा ८० प्रतिशत कम ’सल्फर’ निकाल्ने पेट्रोल र डिजेल बिक्रीवितरण थालेका छन । दिल्ली यस्तो व्यवस्था लागु गर्ने पहिलो भारतीय शहर बनेको छ । ’सल्फर’ कम भएको इन्धन स्वच्छ वातावरणका लागि सहयोगी मानिन्छ। सवारी साधनका लागि पनि उपयुक्त मानिन्छ।

दिल्लीको वायु प्रदूषण असाध्यै खराब रहेको बताइन्छ र त्यसको प्रमुख कारणमध्ये सवारी साधनहरूको धुँवालाई ठानिएको छ।डिजेल गाडीहरूबाट निस्कने ’नाइट्रोजन अक्साइड’को मात्रामा पनि अब ७० प्रतिशतले कमी आउने बताइएको छ।

मुम्बई, चेन्नाई र बैंगलोरले पनि छिट्टै दिल्लीमा लागु भएको व्यवस्था कार्यान्वयनमा ल्याउने बताइएको छ । सन् २०२० सम्म मुलुकभर त्यो व्यवस्था लागु गरिसक्ने लक्ष्य राखिएको छ ।
स्रोतः बीबीसी

Share News