सूचना नदिए भ्रष्टाचारको आशङ्का

<p>सल्यान । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उनले कार्यालयमा हुने हरेक सूचना नलुकाई जस्ताको त्यस्तै नागरिकलाई दिनुपर्ने उनको भनाइ छ । नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने [&hellip;]</p>

सल्यान । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उनले कार्यालयमा हुने हरेक सूचना नलुकाई जस्ताको त्यस्तै नागरिकलाई दिनुपर्ने उनको भनाइ छ ।

नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उनले सूचना माग्ने कुरामा पछि नहट्न पनि सबैलाई आग्रह गरेका छन्।रासस

Share News