काठमाडौं । आगामी ५ वर्षमा मुलुकको चरम गरिबीलाई शून्यमा झार्ने अठोट चुनौतिको रुपमा रहेको छ । आर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था सम्बन्धि स्वेतपत्र जारी गर्दै मुलुकमा व्याप्त चरम गरिबीलाई शून्यमा झार्ने अठोट निकै चुनौतिपूर्ण रहेको बताए ।
त्यस्तै उनले नेपालमा विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशतबाट नबढेको जानकारी दिए । ‘जबकी छिमेकी मुलुकहरु भारत र चीनमा यो अवधिको औसत आर्थिक वृद्धिदर क्रमशः ८ र ९ प्रतिशत रहेको थियो,’ उनले भने ‘विगत दश वार्षमा मुद्रास्फ्रीति वितरण समावेशी हुन सकेको छैन ।’
त्यसकारण अझै २१.६ प्रतिशत नेपाली आय गरिबी र २८.६ प्रतिशत घरपरिवारहरु बहुआयामिक गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । उनका अनुसार अन्तर्राष्ट्रिय परिभाषा (प्रतिव्यक्ति प्रतिदिन आय १.९ अमेरिकी डलर) अनुसार गणना गर्ने हो भने ३६ प्रतिशत नेपालीहरु गरिबीको रेखामुनि छन् ।