५ वर्ष भित्र केरुङबाट रेल काठमाडौंमा

<p>काठमाडौं । ५ वर्षभित्र केरुङबाट काठमाडौं रेल आइपुग्ने भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले बताएका  छन् । राजधानीमा अायाेजित एक कार्यक्रममा  मन्त्री महासेठले ५ वर्षभित्र केरुङबाट रेल काठमाडौं आइपुग्ने ठोकुवा गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेपालको सबै क्षेत्रको सडक र रेलमार्गलाई तिब्र गतिमा विकास गर्ने बताएका हुन् । केरुङ,काठमाडौ, पोखरा र लुम्बिनी [&hellip;]</p>

काठमाडौं । ५ वर्षभित्र केरुङबाट काठमाडौं रेल आइपुग्ने भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले बताएका  छन् । राजधानीमा अायाेजित एक कार्यक्रममा  मन्त्री महासेठले ५ वर्षभित्र केरुङबाट रेल काठमाडौं आइपुग्ने ठोकुवा गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेपालको सबै क्षेत्रको सडक र रेलमार्गलाई तिब्र गतिमा विकास गर्ने बताएका हुन् । केरुङ,काठमाडौ, पोखरा र लुम्बिनी रेल मार्गलाइ उच्च प्राथमिकता मा राखेका छौं, आगामी पाँच बर्ष भित्र केरुङ काठमाडौं रेलमार्ग निर्माण सम्पन्न गर्ने गरी योजना बनेको छ, सोहि अनुसार काम अघि बढाउनेछौं, महासेठले भने ।

उनले चैतभित्रै यातायात क्षेत्रको सिन्डीकेट तोडिने पनि दाबी गरेका छन् । बैशाख भरिमा राष्ट्रिय राजमागहरुको सुधार गर्ने र काठमाडौंको सडकको खाल्लाखुल्डी तत्काल पुर्न सरु गरिनेछ, साउन भित्रमा अदालतबाट पुर्ण पाठ झिकाई त्रिपुरेश्वर कलंकी र नागढुगा सडकखण्ड कालोपत्रे गर्ने उनले बताए ।

Share News