काठमाडौ । संबिधान बमोजिम संसदबाट अब बन्ने ऐन कानून लैङ्गिक मैत्री बनाउन सांसदहरुको भुमिका महत्वपुर्ण हुने बताइएको छ ।
जागरण नेपालको आयोजनामा राजधानीमा भएको लैङ्गिक मैत्री संघीय कानून निर्माणमा महिला सांसदहरुको भुमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रबेश गरेकोले अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।
सबिधानसभाले बनाएको संबिधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानून जनतामुखी बनाउन सबै सांसदको प्रभाबकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका हुन् । सबै खाले हिंसा र अन्याय अन्त नभए सम्म समृद्धि र बिकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका बिकृतिहरुलाई हटाएर सुखी र समृद्धि नेपाल बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा बिगतका बिकृति हटाएर सामाजिक न्याय सहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिबर्तनको प्रारम्भ आफैबाट गर्नु पर्ने आबश्यकता माथि पनि सांसदहरुले जोड दिएका छन् ।
संसदमा विभिन्न पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभाबकारी रहेको छ त्यत्तिकै रुपमा अब प्रभाबकारी कानून निर्माणमा पनि सबै पक्षको सहयोगी भुमिका हुनुपर्ने बताएकी छन । मन्त्री अर्यालले सांसदहरुकै सुझाबका आधारमा बर्तमान सरकारले सामाजिक न्याय सहितको नीति तथा कार्यक्रम ल्याउने र स्वास्थ्यसंग सम्बन्धित बिषयमा पनि आफुले समानता र महिलामुखी , जनमुखी भएर योजना बनाएर लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।
कानुनविद् सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भुमिका कस्तो हुने र बिधेयक निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए । समानतामुखी कानुन निर्माणका लागि बिगतमा जस्तै महिलाहरुको ककस बनाउन पनि उनले सुझाब दिएका थिए ।
अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठूलो उपलब्धि हाँसिल भएकोले त्यसलाई अब सस्थागत गर्नुपर्ने बताएकी छन ।