सार्वजनिक बिदा कटौतीप्रति चेम्बर खुसी, मागको सुनुवाई गरेकोमा सरकालाई धन्यवाद

<p>काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले गरेको यस कार्यप्रति धन्यवाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी बिदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बढी [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले गरेको यस कार्यप्रति धन्यवाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी बिदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले बिदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले यो माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक बिदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो ।

सरकारले आगामी २०७५ सालको सार्वजनिक बिदा कटौती गरेको हो । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले नयाँ वर्षदेखि बिदा कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा र सबैलाई हुने सार्वजनिक बिदा ६७ दिन कायम गरिएको नेपाल चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले बताएका छन् । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो ।

Share News