२८ हजार घुसले सहायक अधिकृत पुष्प राना क्षेत्रीको जागिर चट

<p>काठमाडौं । २८ हजार घुस लिदा सहायक अधिकृत पुष्प राना क्षेत्रीले जागिर गुमाउनु परेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत क्षेत्री घुस लिदालिदैं पक्राउ परेका हुन् । मेडीकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले उनलाई रकम [&hellip;]</p>

काठमाडौं । २८ हजार घुस लिदा सहायक अधिकृत पुष्प राना क्षेत्रीले जागिर गुमाउनु परेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत क्षेत्री घुस लिदालिदैं पक्राउ परेका हुन् ।

मेडीकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले उनलाई रकम सहित पक्राउ गरेको हो ।

उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसूर गरेको देखिन आएकोले उनीमाथी थप कारवाहि गर्न विशेष अदालतमा आरोपपत्र दायार गरिएको छ ।

Share News