काठमाडौं । २५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई आन्तरिक राजस्व विभाग कर सेवादाता कार्यालय कलंकीले १५ दिनको समयअवधि दिएको छ । कार्यालयले कर तिर्न टेलिफोन सम्पर्क र पत्राचार गर्दा कुनैपनि प्रतिक्रिया नआएपछि अल्टिमेटम दिएको हो ।

४० कम्पनीले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाएको करसेवादाता कार्यालयले जनाएको छ । तोकिएको समयमा कर दाखिला गर्न नआएमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा आयकर ऐन २०५८ को दफा १०३ बमोजिम कानूनी प्रक्रिया अघि बढ्नेछ ।
सबैभन्दा धेरै कर नतिर्ने नविनलाल श्रेष्ठले संचालन गरेको मकवाना विस्कुट प्रालीले १ करोड २२ लाख ४३ हजार ९ सय २५ रहेको छ । यसैगरी कर नतिर्ने कम्पनीहरुमा सुनगाभा इटा उद्योग, विरेन्द्र मोटर पार्टस लगायत ४० कम्पनी रहेका छन् ।